काठमाडौँ – नेकपा एमालेको संसदीय दलको बैठकले संसद विघटन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाविरुद्ध देशभर भण्डाफोर गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अदालतले संविधान र लोकतन्त्रलाई उपहास गरेर निर्णय गरेकाले त्यसको सशक्त विरोध गर्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले ओलीले संविधानको मूल्य र मान्यता विपरित जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताए। उनले मुलुकलाई निर्दलियतातर्फ लैजाने षडयण्न्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले बिभाजन गर्ने षडयन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए ।

बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाई छ । बाढी र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जली दिदै घाइतेको निशुल्क उपचारको माग गरिएको भट्टराईले बताए ।

उनले खोपको प्रवन्ध भइसकेको अवस्थामा सवै नागरिकमा खोपको पहुँच पुराउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकमा माधव नेपाल पक्षका सांसदहरुको भने सहभागीता रहेको थिएन ।