काठमाडौँ – कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदुत विनय मोहन क्वात्रा बिच मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार भएको भेटमा राजदुत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । क्वात्राले नेपाल र भारत बिचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामि दिनमा समेत दुई देश बिचको सहयोग, सहकार्य र सद्‍भावना थप गाढा हुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


मन्त्री कार्कीले नेपाल र भारत बिचको मित्रता ऐतिहासिक रहेको तथा दुई देश बिचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे । साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागी भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यबाद व्यक्त गरे ।