ललितपुर – ललितपुर ट्राफिक प्रहरीले सडकमा चल्ने सवारीहरुलाई छुट्टाछुट्टै रुट प्रदान गरेपछि सडक दुर्घटनामा कमी आएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले मालवाहक सवारी, टिप्पर, निर्माण सामाग्री, उच्च गतिमा चल्ने सवारीका लागि गत असार १७ गतेदेखि छुट्टै रुट प्रदान गरेको थियो ।


ADVERTISEMENT


परिसरले यस्ता सवारीसाधनलाई सडकको छेउ (सर्भिस लेन)मा मात्रै चल्न दिने नियम लागू गरेकोमा त्यसले सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याएको छ ।


ADVERTISEMENT

# # #


यस अवधिमा सवारीको गति नियन्त्रण भएको र यी विगत दुई सातामा एउटा पनि दुर्घटना नभएको परिसरका प्रहरी निरिक्षक नरेश शाहीले बताए । अहिले निर्माण सामाग्रीबाट खस्ने सिमेन्ट, गिट्टी, बालुवा लगायत पनि धेरै हदसम्म नियन्त्रण भएको उनको भनाइ छ ।

परिसरले हाल बल्खुदेखि ग्वार्कोसम्मको रुटमा यस्तो नियम लागू गरेको छ ।