महोत्तरी– गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २७ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


मंगलबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्या आरोपमा प्रकाउ परेका ४ जनालाई सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा मृतक सुजिताका २९ वर्षीय देवर रुपेश ठाकुर, भ्रमरपुरा ७ का ३७ वर्षीय ‘बण्डा’ भनिने किशोरी मण्डल,  ३३ वर्षीय ‘मुल्ला’ भनिने आदम राईन र ३२ वर्षीय नथुनी मण्डल रहेको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेठको तेस्रो हप्तादेखि नै बेपत्ता पारेको भनिएको माइती पक्षको जाहेरीका आधारमा प्रहरीले खोजतलासी गर्दा असार १३ गते  खेतमा धानको ब्याड राखेको ठाउँमा ७ फिट तल उनको कपाल, पोको पारेको तन्ना र झ्यालको पर्दा सँगै शव गलाउन राखिएको नुन र केमिकल भेटिएपछि प्रहरीले सुजिताको हत्या भएको ठहर गरेको थियो ।

आवश्यक थप अनुसन्धानका लागि प्रहरीले तत्काल सोहि दिन नै  मृतक ठाकुरका श्रीमान् मुकेश ठाकुर र देवर रुपेशलाई नियन्त्रणमा राखेको र अन्य ३ व्यक्तिलाई पक्राउ गरेको थियो । यद्यपि घटनामा संलग्नता नदेखिएको भन्दै प्रहरीले सुजिताका श्रीमानलाई छाडेका थिए । तर, उनका भाई रुपेशको भने, शव ओसारपोसारमा संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टको जानकारी छ ।

हालसम्म सुजिताका ससुरा पतिराम ठाकुर, सासु रामपती देवी र देउरानी रोमी भनिने प्रिया ठाकुर भने फरार छन् । उनीहरुको खोजीकार्य भने जारी नै रहेको छ । यस्तै, घटनाबारे अनुसन्धान जारी रहेकाले सुजिताको हत्या के कारण गरिएको हो? भन्ने अझै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

हराएकी भनिएको ठाकुरको सडेको अवस्थामा शव फेला