बाँके – नेपालगञ्जबाट प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा दाङका ४९ वर्षीय भक्त बहादुर पुन, केशव पुन र रोबिन बुढा रहेका छन् ।


ADVERTISEMENT

# # #


लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समूह र प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका १ पुष्पलाल चोकको राप्ती गेष्ट हाउसभित्रै वन्यजन्तुका अंगको कारोवार भइरहेको अवस्थामा पक्राउ गरिएको हो ।