काठमाडौँ – नेपाल/भारत रेल सम्झौता संशोधन भएको छ । शुक्रवार दुई देशबीच सम्झौता संशोधनको एलओई (लेटर अफ एक्स्चेन्ज)को भर्च्युल माध्यमबाट आदानप्रदान गरिएको हो ।


ADVERTISEMENT


संशोधित सम्झौताअनुसार अब नेपाली रेल भारतको कोलकाता/हल्दिया पोर्टसम्म सीधै वस्तु तथा सामान ढुवानी गर्न पाउने भएको छ ।


ADVERTISEMENT

# # #


नेपाल भारत रेल सेवा सम्झौता संशोधनमा नेपालले असार १४ र भारतले असार १५ गते हस्ताक्षर गरेका थिए ।

भातीय बन्दरगाहसम्म नेपाली रेल सेवाले हल्दिया र कोलकात्ता बन्दरगाहसम्म पहुँच पाउने तथा नेपालले तेस्रो मुलुकसँगको ब्यापारमा भारतीय रेलसेवा प्रयोग गर्न पाउनेसहितका सुविधा संशोधनमा छ । नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगञ्ज र विराटनगर देखि कलकत्ता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौतामा संशोधन भएको छ ।

रेल सेवा सम्झौताको संशोधनपछि नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरू गरिएका छन् ।

उक्त संशोधनबाट भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसअघिको सम्झौतामा यसरी निजी क्षेत्रलाई नसमेटिएकोमा संशोधन गरी ढुवानी तथा आपूर्ति गर्न पाउने व्यवस्था गरिएको छ ।