काठमाडौँ – नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । माओवादी छाडेर एमालेतिर लागेका नेता रायमाझीले शुक्रबार निर्वाचन आयोग पुगेर उक्त अधिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT


माओवादी केन्द्र नेपालको राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचलेको बताउँदै उनले भने, ‘एक प्रकारले भन्ने हो भने भूमित र छापामार किसिमले यो पार्टी चलिरकेको छ । करिब २८–२९ वर्षदेखि यो पार्टीको महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो । त्यो नाम मात्रैको थियो ।’


ADVERTISEMENT

# # #


उनले महाधिवेशनका लागि जिल्लाजिल्लाबाट प्रतिनिधिमार्फत नेतत्व चयन नभई एउटा प्रस्ताव पेश गर्ने र ताली पिटेर हिंड्ने काम मात्रै भएको दाबी गरे ।

उनले आफूहरुले माग गरेको माओवादी केन्द्रको दल दर्तालाई खारेजीको विषयलाई चाँडो सम्बोधन गर्न आग्रह समेत गरे । माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनमा २०७१ देखि माओवादी केन्द्रको महाधिवेशन नभएको दावी गरिएको छ ।