कैलाली – प्रहरीले बालकको हत्या गरेको आरोपमा कैलालीको टीकापुरमा २ किशोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ मुनुवा रोड १५ वर्षीया किशोरी र टीकापुर नगरपालिका–१ डेरा गरी बस्ने लम्की चुहा नगरपालिका–६ घर भएकी १४ वर्षीया किशोरी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार उनीहरुले टीकापुर–१ बस्ने दिलिप बिष्टका साढे ३ वर्षीय छोरा गोलु भन्ने विवेक बिष्टको हत्या गरेका हुन् । दिदी नाता पर्नेसँग जामुन खान गएको अवस्थामा सोमबार बिहानदेखि बेपत्ता भएका विकेकको खोजी गर्ने क्रममा टीकापुर नगरपालिका–४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधबार साँझ शव फेला परेको थियो ।


ADVERTISEMENT

# # #


उक्त घटनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डग सहित खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

विकेकलाई पारिवारिक रिसइवीका कारण हत्याको योजना बनाई जामनु खाने निहुँमा घरबाट करिब ५ सय मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।