काठमाडौँ – चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बरदेखि सुरु हुने भएको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने ईपीएका सीईओ आमिर अख्तरले जनाएका छन् ।


ADVERTISEMENT


उनका अनुसार उक्त मितिका लागि नेपाल क्रिकेट संघले अनुमति समेत दिएको छ । यस्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्टिल (आईसीसी)ले पनि आईपीएललाई स्वीकृत गरेको छ । दशैँपूर्व र तीन वटा शनिबार पारेर प्रतियोगिताको मिति तोकिएको हो । जसले गर्दा मैदानमा दर्शकको उल्लेख्य उपस्थिति हुने सीईओ अख्तरले जनाएका छन् ।


ADVERTISEMENT

# # #


‘हामी आशा गर्छौं कि दशैँ विदाअघि प्रतियोगिता सुरु हुने भएकाले शुभ हुनेछ ।’ उनले भने, ‘शरद ऋतुको काठमाडौँको मौसममा दर्शकले क्रिकेटको भरपुर आनन्द लिनेछन् ।’ उनले प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका केही ठूला खेलाडीको खेल देख्न पाइने आशा व्यक्त गरे ।

प्रतियोगिता विभिन्न प्लेटफर्ममार्फत विश्वभर हेर्न पाइनेछ ।

सन् २०१६ देखि सुरु भएको ईपीएलको अन्तिम संस्करण २०१८को अन्तिममा भएको थियो । चौथो संस्करण २०१९ को डिसेम्बरमा हुने तय थियो । पछि २०२० फेब्रुअरीमा सरेको थियो । तर, विश्वभर कोरोना फैलिएपछि प्रतियोगिता स्थगित भएको थियो ।

ईपीइएलमा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स, काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियट्स् र पोखरा राइनोज गरी ८ वटा टिम रहेका छन् । २०१८ मा लतिपुरले भैरहवालाई पराजित गर्दै उपाधी उचालेको थियो ।