काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।


ADVERTISEMENT


यो सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम् रु २० हजार देखि रु १ लाख ५० हजार रुपैंया सम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाउने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो पर्न सक्ने भएकाले सुविधामार्फत ग्राहकहरुलाई उपचारमा सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमानै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकका डिजिटल तथा इबैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

यस अन्तर्गत अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्ड मार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहक महानुभावहरुले आफुले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिनेछ ।

बैंकको देशभरका शाखा कार्यालयहरु बाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ ।