काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल एवम् नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


बुधवार औपचारिक रुपमा गरिएको उक्त भेटवार्तामा चेम्बरका तर्फबाट अध्यक्ष मल्लले बैंकका गर्भनर अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि सुझावहरु प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT

# # #


गत चैत्रबाट आफ्नो कार्यभार सम्हालेका मल्ल–अधिकारीको उक्त भेट अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक कुमार मल्होत्रा , उपाध्यक्षद्वय उर्मिला श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ तथा उपाध्यक्ष त्रिभुवनधर तुलाधरको उपस्थिति रहेको थियो ।