खराब फर्ममा रहेको श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेट पनि गुमाएको छ । पछिल्ला १४ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको श्रीलंका गएराती पाकिस्तानसंग २ विकेटले पराजित भएको हो । जितसँगै सिरिज कब्जा गर्दै तीन म्याचको टी–२० सिरिजमा पाकिस्तान २–० ले अघि बढेको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय २५ रनको चुनौती पाकिस्तानले १ बल अगाबै ८ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि सर्फराज अहमदले २८ तथा अहमद साहाजादले २७ रनको योगदान गरे । सदाब खानले नट आउट १६ रन बनाए । यसअघि आबुदाबिमा टस जितेको पाकिस्तानले बलिङ रोजेपनि व्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २४ रनको सामान्य योगफल तयार पारेको थियो । दनुष्का गुनतिलकाले ५१ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा परायय भोग्न बाध्य भयो । उसका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । तेस्रो तथा अन्तिम टि २० म्याच पाकिस्तानको लाहोरमा भोलि हुनेछ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT