भरतपुर महानगरपालिका वडा नं १४ स्थित रोकिराखिएको बसमा पछाडिबाट मोटरसाइकल ठोक्किन पुग्दा गए राति एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका अनुसार ना४ख ५१०२ नंम्बरको बसमा ना२१प १४५ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं १५ का ५० वर्षीय रणबहादुर कडरियाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते कडरियाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #