धनुषा– मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान—२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका—४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कडेँलले जानकारी दिएका छन् । । अभियानको शुभारम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन् ।

सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव , महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गरेका छन् । रासस