काठमाडौँ – अध्यागमन विभागले क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


विभाग सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री विष्णु पौडेलले प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मन्त्री पौडेलले अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलो बिषय भएको भन्दै यस क्षेत्रलाई थप सुधार गर्दै लैजाने बताए । उनले समग्रतामा नेपालको अध्यागमनलाई अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । मन्त्री पौडेलले अध्यागमन विभागलाई समायानुकुल बनाउनका लागि केन्द्रीत हुन निर्देशन दिए ।

त्यस्तै विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले नयाँ प्रणाली अनुसार भिसा पाउने व्यक्तिको सम्पूर्ण विवरण आवश्यक सवै निकायमा रेकर्डमा रहने जानकारी दिए । उनले भिसा वितरणलाई केन्द्रीकृत र एकीकृत गर्न पनि सहज हुने बताए ।

प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ भएसंगै आवेदन र बितरणमा पनि सहज हुने विभागले जनाएको छ ।