काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम नपचेको मान्छे भनेर टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रचण्डको कार्यकर्ता रहेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले आफूले नेपाललाई प्रधानमन्त्री पदको ‘अफर’ गर्नलाई बहुला कुकुरले नटोकेको समेत टिप्पणी गरेका हुन् । नेपाल प्रचण्डको मामुली कार्यकर्ता रहेको बताउँदै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालले देश र पार्टीलाई समेत धोका दिने जिकिर गरे । उनले भने, ‘उनी शेरबहादुर देउवाको पार्टीमा प्रवेश गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिंडेकै छन् ।’

शनिबार भएको एक कार्यक्रममा नेता नेपालले आफूलाई प्रधानमन्त्री पदको अपर आएका तर, आफू देउवालाई धोका नदिने बताएका थिए ।