काठमाडौँ – पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझैबढी प्रभावकारी हुन्छ भन्ने गलत समाचार प्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको र आफुहरुले यस किसिमका कुनै पनि बयान जारी नगरेको भन्दै डब्लुएचओ नेपालले त्यस्ता समाचारको खण्डन गरेको हो ।


ADVERTISEMENT

# # #


‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यान आकर्षण गराउन चाहन्छ,’ डब्लुएचओद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो ।’

यस किसिमका सुचनाले जनताको स्वास्थ्यमा गम्भीर असर निम्त्याउँन सक्नेतर्फ समेत संस्थाले सर्तक गराएको छ ।

दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाउँदै विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको डब्लुएचओले जनाएको छ ।