काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो महत्वाकांक्षी प्रतिवद्धतापत्र जारी गरेको छ ।


ADVERTISEMENT


शुक्रबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिएको घोषणापत्रमा ‘सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान’ भन्ने चुनावको मूल नारा तय गरिएको छ ।


ADVERTISEMENT

# # #


नयाँ शक्तिनयाँ शक्तिले गत असोज १७ गते एमाले र माओवादीसँग कम्युनिष्ट गठबन्धनमा बाँधिएपछि एउटै घोषणा पत्र तयार गर्ने योजना बनाएको थियो । तर, त्यसको केहीदिनमै बाहिर निस्किएको नयाँ शक्तिले अहिले आफ्नौं छुट्टै प्रतिवद्धतापत्र तयार पारेको हो ।

नयाँ शक्तिले तयार पारेको प्रतिदद्धतापत्रमा नेपाललाई ५ वर्षभित्र अल्पविकसित देशहरुको समुहबाट बाहिर निकाल्ने, १५ वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउने, २५ वर्षभित्र विश्वका विकसित मुलुकहरुको हाराहारीमा समृद्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

नयाँ शक्तिले पार्टी र राज्यका सबै तह र क्षेत्रबाट विद्यामान औपचारिक लोकतन्त्रलाई समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

यस्ता छन् नयाँ शक्तिका आर्थिक विकास तथा समृद्धिका योजनाहरु

ऊर्जा

१ पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली, नल्सिङगाढ, बूढिगण्डकी, दुधकोशी जस्ता ठूला जलविद्युत परियोजनाहरुको निर्माण गर्ने

२ पूर्वपश्चिम र मध्यपहाडि लोकमार्गको समानान्तर ७६।५ केभीको प्रसारण लाइन, कर्णाली , गण्डकी र कोशी कोरिडोरमा ४०० केभीको प्रसारण लाइनको निर्माण

सडक

चारलेनको मध्यपहाडि लोकमार्ग ५ लेनको मेची–काली लोकमार्ग तथा ४ लेनको तराई–मधेसको हुलाकी मार्गहरुको निर्माण

चीन र भारतको बीचमा गतिशिल पुल बन्न सहयोग पुग्ने गरी ४ लेनको सेती–महाकाली कर्णाली, गण्डकी र कोशी गरी चारवटा उत्तर दक्षिण जोड्ने लोकमार्गहरुको निर्माण गर्ने

रेलमार्ग

पूर्वपश्चिम र मध्यपहाडि लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने २ लेनको रेल मार्गहरुको निर्माण

रसुवागढी–काठमाडौं –पोखरा–लुम्बिनी–चितवन–काठमाडौं रेल लुप निर्माण गर्ने

काठमाडौं – वीरगञ्ज–रेलमार्ग निर्माण

हवाइ तथा जलमार्ग

काठमाडौं एयरपोर्टलाई आत्यधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको विमानस्थल स्तरोन्नति

निजगढ आत्याधुनिक सुविधायुक्त अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण, खेलकूल खेलकूदको विकासको लागि एक अन्तराष्ट्रिय स्तरको रंगशाला र एक खेलकूद महाविद्यालय खोल्ने

केवलकार
काठमाडौंदेखि सगरमाथा बेसक्याम्पसम्म केवलकार

दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारी केवलकार

नयाँ शक्तिले प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्वसमानुपातिक संसद् र निर्वाचित कार्यकारी शक्ति पृथकिकरण ९सासंदहरु व्यवस्थापकीय भूमिकामा सीमित हुनुपर्ने० र पार्टीहरु पूर्ण लोकतान्त्रिकरण हुनुपर्ने जनाएको छ ।

नयाँ शक्तिले सुसासनको दृष्टिकोणबाट सरकारी तलबभत्ता खाने सबै कर्मचारीहरु पार्टीगत ट्रेड युनियन खारेज गर्ने, अख्तियार सेवाको गठन गर्ने प्रतिवद्धता पनि जनाएको छ ।