काठमाडौँ – स्पेनमा आगामी जुलाई अन्तिम साता हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ । १९ जना खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानले गत शुक्रबार बन्द प्रशिक्षणका लागि २० जना खेलाडीलाई छनोट गरेको थियो । तर, पृथु बाँस्कोटाले आफू बन्द प्रशिक्षण सहभागी हुन नसक्ने भन्दै नाम फिर्ता लिएसँगै १९ जनालाई समेटेर बन्द प्रशिक्षण सुरु गरिएको हो । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलाडीहरुलाई अभ्यास गराउन सुरु गरेका हुन् ।
नेपालले स्पेनमा स्कटल्याण्ड र नामिबियासँग त्रिकोणात्मक एकदिवीय सिरिज खेल्दैछ । विश्वकप लिग–२ अन्तर्गतको उक्त सिरिज स्कटल्याण्डमा हुनुपर्ने थियो । तर, कोरोनाका कारण स्कटल्याण्डले सिरिज आयोजना गर्न नसक्ने जनाएपछि स्पेनमा हुन लागेको हो ।
बन्द प्रशिक्षणमा बोलाइएका २६ खेलाडी
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुसन भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र पृथु बास्कोटा ।
सबै तस्बिर : क्यान
भिडियो हेर्नुहोस् :