गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभामा विश्वासको मत पाउन सफल भएका छन् ।


ADVERTISEMENT


शुक्रबार भएको मतदानमा प्रदेशसभाका बहुमत सांसदले पक्षमा मतदान गरेसँगै मुख्यमन्त्री पोखरेलले विश्वासको पाउन सफल भएका हुन् । विश्वासको मत पाएसँगै उनको पद र सरकार जोगिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेशसभाको आजको बैठकमा ५८ जना उपस्थित रहेका थिए । जसमध्ये ३१ जनाले पोखरेलको पक्षमा मतदान गरे भने उनको २७ पक्षमा जनाले मात्रै मतदान गरे । पोखरेलले पाएको मत प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री पोखरेलको विश्वासको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का सांसदले पोखरेलको पक्षमा मतदान गरेका छन् भने नेकपा एमालेले उनको विपक्षमा मतदान गरेको हो ।

यसअघि तत्कालीन पृथ्वीसुब्बा मुख्यमन्त्री गुरुङले वैशाख २९ गते आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आह्वान गरेकी थिइन् ।

तर, पिक्षी दलले समेत नयाँ सरकार बनाउन बुहमत पुर्याउन ससकेपछि प्रदेश प्रमुख पौडेलले संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर, गुरुङ विश्वासको मत लिन असफल भएका थिए ।

त्यसपश्चात संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको संयुक्त गठबन्धनको समर्थनमा पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेका थिए । दाबी अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

धारा १६८ (५) अनुसार नियुक्त भएको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामा नै विश्वासको मत लिन सफल भएका हुन् ।