-पाकिस्तानले गत भदौको बाढी र पहिरोका कारण घरबारविहीन भएका नेपालीको पुन:स्थापनाका लागि १० करोड रुपैयाँ (एक मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।


ADVERTISEMENT


नेपालका लागि पाकिस्तानका राजदूत मजर जावेदले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा बिहीबार भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भर्खरै गएको बाढीका कारण घरबारविहीन भएकालाई पुन:बसोबास र पुनर्निर्माणका लागि सहयोग रकम दिएको र सानै भए पनि टेवा पुग्ने अपेक्षा गरेको बताए ।

न्युयोर्कमा आयोजित राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको साइडलाइन भेट वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले नेपालमा गएको बाढीपहिरोप्रति गहिरो चासो राख्दै सघाउने प्रतिबद्धता जनाएका थिए ।