रौतहट – रौतहटमा श्रीमतीमाथि एसिड प्रहार गरेको आरोपमा एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय सुनचाँदी व्यवसायी दीपक बिक पक्राउ परेका हुन् ।


ADVERTISEMENT


चन्द्रपुर ४ की ३८ वर्षीया दीपिका विकमाथि उनले सामान्य विवादमा एसिड प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


दीपिकालाई उनकै श्रीमान दीपकले सामान्य विवादमा शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले पीडित दीपिकाको बायाँ हात र पेटमा एसिड परेकोमा करिब १८ प्रतिशत जलेको जानकारी दिए । उनकाअनुसार दीपिकाको चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दीपकलाई पक्राउ गरी आवश्यक अनुसन्धान पछि कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछानेले बताए ।