काठमाडौँ – नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतलले ‘प्रधानमन्त्री ओलीका लागि नाथुराम गोड्से बन्न आवश्यक रहेको’ भन्ने अभिव्यक्ति दिएका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।


ADVERTISEMENT


नेता बस्नेतले देशको कार्यकारी प्रमुखजस्तो व्यक्तिमाथि जथाभावी, गैरराजनीतिक तथा आपराधिक अभिव्यक्ति दिनेलाई तत्काल सांसद पदबाट निलम्बन गरेर तत्काल गिरफ्तार गर्न माग गरे । उनले भने, ‘यो अराजनीतिक, आपराधिक र कल्पनै गर्न नसकिने शब्द प्रयोग गरेको हुनाले तुरुन्त प्रदेशसभा सदस्यबाट निलम्बन गरेर फौजदारी मुद्दा आकर्षित हुनेगरी तुरुन्त गिरफ्तार गरिनुपर्छ ।’


ADVERTISEMENT

# # #


उनले अघि भने, ‘प्रदेश सभाजस्तो गरिमामय ठाउँमा वैधले नाथुराम गोड्से नाम लिनु नै उनको अपराधिक मनोवृत्ति पुष्टि हुन्छ । देशमा यस्तो सोच भएकाहरूलाई तत्काल कानुनी कारवाही गरिनु पर्छ ।’ उनले नाथुराम गोड्से बन्छु भन्नेकाविरुद्ध हजारौँ युवा नाथुराम गोड्से बन्न तयार रहेको उनले चेतावनी दिए ।

उनले प्रदेशसभा गौतमले बोलेको अडियो रेर्कडबाट हटाउन पनि बाग्मती प्रदेशसभालाई आग्रह गरेका छन् ।

शुक्रबार बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा वैद्यले देशलाई बचाउनका लागि प्रधानमन्त्री केपी शर्माओलीका लागि कोही नाथुराम गोड्से बन्न आवश्यक रहेको अभिव्यक्ति दिएका थिए ।