पोखरा – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरका गठनका लागि मुख्यमन्त्रीमा दाबी गर्न २४ घण्टे समय दिएकी छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री पौडेलले संविधानको धारा १६८(५) अनुसार प्रदेशभामा आफ्नो बहुमत रहेको आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न प्रदेशसभा सदस्यहरुलाई भोलि २९ गते दिउँसो ३ बजेसम्मको समयसीमा दिएकी हुन् ।


ADVERTISEMENT

# # #


संसदको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पदमुक्त भएका थिए । ५८ जना उपस्थित प्रदेशसभामा ५७ जनाले मात्रै मतदानमा भाग लिएका थिए । जसमध्ये ३० जनाले गुरुङको विपक्षमा मतदान गरे भने उनको २७ पक्षमा जनाले मात्रै मतदान गरेका थिए ।

त्यसअघि मुख्यमन्त्री गुरुङले वैशाख २९ गते आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आह्वान गरेकी थिइन् ।

तर, विपक्षी दलले समेत नयाँ सरकार बनाउन बुहमत पुर्याउन ससकेपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री पदमुक्त भएसँगै नयाँ सरकार गठनका आह्वान भएको हो ।