गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन् । बिहीबार भएको मतदानमा प्रदेशसभाका बहुमत सांसदले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेसँगै मुख्यमन्त्री गुरुङले विश्वासको पाउन असफल भएका हुन् ।


ADVERTISEMENT


प्रदेशसभाको आजको बैठकमा ५८ जना उपस्थित रहेका थिए ।  तर, ५७ जनाले मात्रै मतदानमा भाग लिएका थिए । जसमध्ये ३० जनाले गुरुङको विपक्षमा मतदान गरे भने उनको २७ पक्षमा जनाले मात्रै मतदान गरे । गुरुङले पाएको मत प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नभएकाले मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का सांसदले गुरुङको विपक्षमा मतदान गरेका छन् ।

यसअघि मुख्यमन्त्री गुरुङले वैशाख २९ गते आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि काम गर्ने वातावरण नभएको भन्दै पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आह्वान गरेकी थिइन् ।

तर, पिक्षी दलले समेत नयाँ सरकार बनाउन बुहमत पुर्याउन ससकेपछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा आफ्नो बहुमत सिद्ध गर्न मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने निर्णय गरेका थिए ।