काठमाडौँ – नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।


ADVERTISEMENT


शपथ लिनेमा गृहमन्त्रीमा खगराज अधिकारी, सूचना तथा सञ्चार प्रविधिमन्त्री पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी नैनकला थापा रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कृषि मन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनि राना, विना विभागीय मन्त्री मोहन बानियाँ, उद्योग मन्त्री राजकिशोर यादव, सामान्य प्रशासन मन्त्री गणेश पहाडी र वन राज्यमन्त्री आशा विकले पनि शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपछि भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफरिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय