काठमाडौँ – प्रधानमन्त्ती केपी शर्मा ओलीले खालि रहेका मन्त्रालयहरुलाई पूर्णता दिन लागेका छन् । प्रधानमन्त्री ओलीले आज सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्।


ADVERTISEMENT


स्रोतकाअनुसार खगराज बराल गृहमन्त्री, नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री र नारदमुनी राना वनमन्त्रीमा नियुक्त हुँदैछन् ।


ADVERTISEMENT

# # #


यसैगरी राजकिशोर यादव(उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री, मोहन बाँनिया विना विभागीय र आशा बिक वन राज्यमन्त्री नियुक्त हुँदैछन् ।

अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रिमण्डलका चार जनाबाहेक सबैलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।