एजेन्सी – पोल्याण्डमा फुटबल खेलका दौरान अनौठो दृश्य देखिएको छ । पोल्याण्डको एक मैदानमा लिग फुटबल भइरहेको थियो । ओलम्पिया एल्बाग लिगको पाँचौँ चरणमा पीसा प्रिमावेरा बार्जेवोको सामना गरिरहेको थियो ।


ADVERTISEMENT


तर, खेलको दौरान रेफ्रीले मैदानमै एउटा अनौठो दृश्य देखे । अकस्मात एउटा प्यारासुटबाट आएका व्यक्ति मैदानमा उत्रिए । मैदानमा प्यारासुटबाट झरेपछि खेल केही बेर रोकिएको बेलायती पत्रिका ‘द गार्जियन’ले जनाएको छ ।

प्यारासुटबाट मैदानमै उत्रिएका ती व्यक्तिलाई बाहिर पठाउनका लागि ‘पहेँलो कार्ड’ देखाए । जुन निकै रोचक दृश्य थियो ।

भिडियो हेर्नुहोस्: