तनहुँ– आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर प्यान नं लिएका छन् ।


ADVERTISEMENT


बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत प्यान नं लिएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ ।

बनेको प्यान नं पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ ।

दोस्रो लहरको भेरियन्टसहितको कोरोनाबाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालयले गते वैशाख २२ गते रातिदेखि बन्दाबन्दीको आह्वान गरेपछि जिल्लाका सबै व्यवसाय ठप्प छन् । रासस