पाँचथर– सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।


ADVERTISEMENT


सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो । आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् । आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाती मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू सबै काजकृयामा बसेका बखत ग्याँस चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । रासस