काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान सिंहदबारमा बोलाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गर्दै मोर्चाका नेताहरु सिंहदरबारमा भेला हुँदैछन् ।


ADVERTISEMENT

# # #


मोर्चाको मंगलबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । साथै सचिवालयले आन्दोलनको कार्यक्रमसमेत तयार पारिसकेको छ ।

मोर्चाको बुधबार दिउँसो १ बजे बबरमहलमा बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने बताइरहेका बेला प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान १० बजे मोर्चाका नेताहरुलाई सिंहदरबारमा छलफलका लागि बोलाएका हुन् ।