काठमाडौँ – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले समाजमा रहेका कुरिती अन्त्यका लागि ५ वर्षे रणनीतिक कार्ययोजनालाई अघि बढाउने बताएकी छन् ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा पदभार ग्रहणका क्रममा मन्त्री चौधरीले ५ वर्षे रणनीतिक कार्ययोजनासम्बन्धी फाइल सदर गर्दै प्रदेश र स्थानीयका साथै संघीय सरकारको संयुक्त पहलमा समाजमा रहेका कुरिती अन्त्य गरिने बताएकी छन् । मन्त्री चौधरीले अझै पनि समाजमा बालविवाह, दाइजो जस्ता कुरिती रहेको र सवै मिलेर यस्ता कुरितीलाई अन्त्य गर्नुपर्ने धारणा राखिन् ।


ADVERTISEMENT

# # #


उनले सामाजिक सुरक्षा योजना मुलुकका सवै क्षेत्रमा समान रुपमा पुग्न नसकेको भन्दै यस विषयलाई छिटो भन्दा छिटो समाधान गर्ने दाबी गरिन् ।

मन्त्रालयमा धेरै कार्ययोजनाहरु कार्यान्वयन नै नहुने अवस्थालाई अन्त्य गर्नका लागि प्राथमिकताका आधारमा योजनालाई अघि बढाइने उनले जानकारी दिइन् ।

त्यस्तै आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङले पनि पदभार ग्रहण गरिन् ।