चलचित्र ऐश्वर्य आजबाट रिलिज भएको छ । रिलिजको अघिल्लो दिन ऐश्वर्य युनिटले काठमाण्डौंको फन्को लगाएको छन् । टाटा मोटर्ससंगको सहकार्यमा फिल्मका निर्देशक दिवाकर भट्टराईसंगै कलाकारहरु रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, विकास खतिवडा, तेन्जु योन्जन, निर्मल शर्मा, अमृत पोखरेल लगायतले ऐश्वर्यको ब्यानर टासिएका टाटाको नयाँ मोटर्सको र्याली मार्फत फन्को लगाएका हुन् । टाटा मोटर्सको पाँच नयाँ गाडीमा ऐश्वर्यको ब्यानर लगाईएको थियो ।
टाटा मोटर्सकै शो रुम थापाथलीबाट सुरु भएको र्यालीले काठमाण्डौ रिंगरोडको एक फन्को लगाएको थियो । चलचित्रको ट्रेलर र गीत संगीतले हाइप बढाएपछी टाटा मोटर्सले फिल्मसंग सहकार्य गरेको छ ।
ऐश्वर्य प्राप्तिका लागि गरिने संघर्षलाई कथा वस्तु बनाइएको चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन् ।


ADVERTISEMENT


निर्मल शर्मा सह निर्माता रहेको चलचित्रलाई राजेश श्रेष्ठ र सुदीप बरालले खिचेका छन् भने यसमा अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको छ । डिसीएन अल नेपाल वितरक रहेको यो चलचित्र एक सय भन्दा बढी हलमा एकसाथ रिलिज भएको छ ।


ADVERTISEMENT

# # #