काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा जाने पक्का भएको छ । राजेन्द्र महतोको नेतृत्वमा ठाकुर समूह ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको हो ।


ADVERTISEMENT


महतोसहित मन्त्री बन्नेहरुमा शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया रहेका छन् । उनीहरुको आजै शथप हुँदैछ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री बन्दैछन् । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा शरतसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा लक्ष्मणलाल कर्णले शपथ लिँदैछन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विमल श्रीवास्तव, वन तथा वातावरण मन्त्रीमा उमाशंकर अरगरिया, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी र युवा तथा खेलकुदमन्त्रीमा एकवाल मियाँले शपथ लिनेछन् ।