काठमाडौँ– हिजो स्थगन गरिएको नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।


ADVERTISEMENT


एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, नेकपा (एमाले) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्न लागिएको हो । बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुने सचिव तामाङको भनाई छ ।


ADVERTISEMENT

# # #


एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ । रासस