काठमाडौँ – काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण रोकिने भएको छ । दुई महीना अघिदेखि काठमाडौँमा वितरण थालिएको मेलम्चीको पानी ४० दिनका लागि रोकिन लागेको हो ।


ADVERTISEMENT


सुरुङमार्गको निरीक्षणका लागि मेलम्चीको पानी असार १ गतेदेखि बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर जनाएको छ ।


ADVERTISEMENT

# # #


यसका लागि प्रधानमन्त्री कार्यायको स्वीकृति मागिएको जानकारी उनले दिए ।

‘संरचनाको अवस्था अध्ययन गर्न र निर्माण कम्पनीको कामको गुणस्तरबारे जानकारी लिन करिब ४० दिन वितरण रोक्ने तयारी गरिएको हो,’ उनले भने, ‘सबै ठीक भए फेरि सुरुङमा पानी हालिनेछ हैन भने मर्मत गरिनेछ ।’