काठमाडौँ – महालक्ष्मी विकास बैंक ले भरतपुर महानगरपलिका वडा नं. ११ बसेनी स्थित गणेशस्थानका स्थानीयलाई कोभिड– १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।


ADVERTISEMENT


बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको हो । उक्त स्वास्थ्य सामाग्रीहरु बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द« चौधरीले एक कार्यक्रमका बिच वडा नं ११ का वडा सदस्य चिन्तामणी लम्साल र गणेश स्थान टोल विकास समितीका अध्यक्ष राजन कुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


टोल विकास समितीका अध्यक्ष राजन कुमार श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दाहरुलाई मास्क, स्यानीटाईजर लगायत स्वास्थ्य समाग्री वितरण गरी समाजिक उत्तरदायित्व पुरा गरेको भनी खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ ।