काठमाडौँ – नेपालमा बुधबार थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १३ हजार ८०५ पिसिआर परिक्षणका क्रममा ४ हजार ५ सय २४ र तीन हजार ७३ वटा एन्टीजेन परिक्षणका क्रममा ७९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार १ सय ११ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ७ हजार ५ सय ५५ को मृत्यु भएको छ । त्यस्तै थप ७ हजार २ सय १९ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ६१ हजार ५६३ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ लाख ४ हजार ७ सय ८९ जना आइशोलेशनमा र ८३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख ८८ हजार ३ सय ७६ वटा पिसिआर गरिएको छ ।