काठमाडौँ– चीनको अनुदानमा प्राप्त हुने ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको चाटर्ड विमान खोप लिन सोमवार राति चीन उडेको विमान आज खोपसहित त्रिभुवन विमानस्थल आइपुगेको हो ।
गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सी चिन पिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेको थिए । जसमध्ये पहिलो खेपअन्र्तगत आज ८ लाख डोज खोप चीनबाट अनुदानको रुपमा ल्याइएको हो।
यसअघि नै चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा वितरण समेत भइसकेको छ ।