मोरङ– प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय एवं निवास विराटनगरमा यही जेठ १४ गते कोरोना खोपका विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरिएको छ ।


ADVERTISEMENT


मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीद्वारा आज प्रकाशित विज्ञप्तिमा विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, अझ मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाइएको भन्ने जस्ता अनर्गल एवं प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारप्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपूर्ण तथा प्रायोजित समाचारको खण्डन गरिएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाको पहिलो मात्रा लगाएका सबैलाई प्रोटोकलअनुसार मौज्दात खोपबाट दोस्रो मात्राको खोप लगाउँदै थप व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहेका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस