काठमाडौँ – ३७ वर्षपछि यस महिनाको कालखण्डमा सूर्य र राहु ग्रहको भेट हुदैछ । सुर्यले राहुलाई ओभरटेक गर्ने क्रममा करिब ३७ वर्षपछि रोहिणी नक्षत्रमा यी दुई ग्रहको मिलन हुने ज्योतिषचार्य शिव पोखरेलले जनाएका हुन् ।


ADVERTISEMENT


उनका अनुसार, सुर्यले प्रत्येक वर्षको जेष्ठमा रोहिणी नक्षत्रलाई भ्रमण गर्ने भएता पनि सोहि नक्षत्रमा भ्रमण गर्न भने राहुलाई १८ वर्षको समयावधि लाग्छ । यसलाई अझ सरल भाषामा बुझाउने प्रयत्न गर्दै उनले भने, ‘ग्रहहरु कुनै पनि स्थिर अवस्थामा रहदैनन् । यिनीहरु आफ्नै गतिमा हिडिरहेका हुन्छन् । तसर्थ सोहि क्रममा परिक्रमा गर्दा सूर्यको गति छिटो हुने भएकाले एउटा राशि घुमेर आउन सूर्यलाई १ वर्ष लाग्छ । अर्थात्, १ वर्षमा एकपटक मात्रै सूर्य रोहिनी नक्षत्रमा आईपुग्छ । यद्यपि राहुको गति ढिलो हुने भएकाले यसको लागि राहुलाई भने १८ वर्ष लाग्छ ।’


ADVERTISEMENT

# # #


र, सोहि घुम्ने क्रममा यी सुर्यको गति छिटो हुने भएकाले यसले राहुलाई ओभरटेक गर्ने समयमा नै यी दुई ग्रहको मिलन हुने उनी बताउँछन् ।

प्रत्येक १८ वर्षको अन्तरालमा यी दुइृ ग्रहबीच भेट हुनुपर्ने भएपनि नभएको बताउँदै उनी भन्छन्, ‘यसअघिको १८ वर्षमा यी दुई ग्रहबीच भेट हुनुपर्ने भएता पनि यी दुवै रोहिनी नक्षत्रमा नभएकाले यिनीहरुको भेट भएको थिएन ।’ तथापि यसपटक भने राहु रोहिनी नक्षत्रमा भएकै समयमा सूर्यले ओभरटेक गरिरहेको छ ।’ यसै जेष्ठ ११ गतेदेखि २५ गतेभित्रको समयावधिमा सूर्यले राहुलाई ओभरटेक गर्ने उनको भनाई छ ।

यसको प्रभाव

तत्कालको समयमा अहिले सूर्य ग्रह रोहिणी नक्षत्र एवं सूर्यको शत्रु मानिने शुक्रको राशि वृषमा राहुको साथ गोचर गरिरहेकाले सम्बन्धित पक्ष(वृष राशि) सजग रहनुपर्ने ज्योतिष पोखरेल बताउँछन् ।

फलित ज्योतिषमा यो प्रकारको संयोगलाई ‘ग्रहण योग’ पनि भनिने उनको भनाई छ । त्यसैगरी फलितमा भने सूर्यलाई पिता, आरोग्य, राज्य, आत्मा, आँखा हृदय र हड्डीको कारक ग्रह मानिने उनले जनाए ।

उनका अनुसार, यस समयमा बालबालिकामा शारीरिक कष्टका समस्या देखिन्छ । यस्तै, पुरुषहरुमा भने आत्मबलमा कमी आउनुका साथै हड्डि, आँखा, मुटुलगायत सम्बन्धि विभिन्न समस्याहरु देखिने सम्भावना रहन्छ ।