चितवन– भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका अनुसार, ग्यास पड्किँदा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनका अनुसार, आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस