काठमाडौं – सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त व्यवस्था गरिएको बताएका हुन् । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।


ADVERTISEMENT

# # #


उनले सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले उल्लेख गरे । सबै किसिमका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः