काठमाडौँ – काठमडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपिने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले निषधाज्ञा गर्दा पनि कोरोना संक्रमण नघटेपछि एक साता (जेठ २० गतेसम्म)थप कडाई गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


काठमाडौँमा निषेधाज्ञाको अवधि बिहीबार राती १२ बजे सकिँदैछ । अब किराना पसल, डिपार्टमेन्टल स्टोरहरु समेत बन्द हुने भएका छन् । यद्दपी तरकारी, फलफूल, मासु, ग्यास र दूग्धजन्य पसलहरु भने बिहान १० बजेसम्म खोल्न पाइनेछ ।


ADVERTISEMENT

# # #


निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेश अनुसार कडा कारबाही गरिने अधिकारीहरुको भनाई छ ।

दोस्रो लहरकाकारण व्यापक रुपमा कोरोना संक्रमित देखिएपछि काठमाडौँ उपत्यकामा वैशाख १५ गतेदेखि निषेधाज्ञा गरिँदै आएको छ ।