काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्माओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेट नभएको स्पष्ट पारेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै सर्वोच्चले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको खबरमा कुनै सत्यता नरहेको बताएको हो ।


ADVERTISEMENT


केही सञ्चारमाध्यमहरुले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच सोमबार साँझ भेट भएको खबर प्रकाशित गरेका थिए । सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले त्यसमा सर्वोच्चको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उल्लेखित विषयमा कुनै सत्यता नभएको र न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशित हुनु अत्यन्त दुखद र खेदजन्य अवस्था हो ।

यस्तै उनले यथार्थ नबुझी समाचार प्रकाशित गर्नु संविधान, कानुन र स्वयम् पत्रकार आचारसंहिताको विपरित हुने भएकाले कानुनी दायरामा आउने चेतावनी समेत सर्वोच्चले दिएको छ ।