काठमाडौँ – नेपाल खेलकुद महासंघले हिमालय पोष्टलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।


ADVERTISEMENT


सोमबार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, उपाध्यक्षद्वय यकेन्द्र कुँवर र सुभाष श्रेष्ठ कोषाध्यक्ष विदुर शर्माले हिमालय पोष्टका पत्रकारहरुलाई मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर सूचना सम्प्रेषण गर्ने पत्रकारहरुको उच्च मनोबल राख्नका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको उपाध्यक्ष बस्नेतले बताए । महासंघले देशभर कोरोनाविरुद्ध लड्नका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकमी, सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएको छ ।