काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले केपी ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको भन्दै जवाफ नदिने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले आफ्ना निकट मान्छेलाई राखेर बनाएको स्थायी कमिटी नै अवैध रहेको भन्दै उक्त बैठकले गरेको निर्णय बैध हुन नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले स्पष्टीकरण सोध्ने अधिकार पनि बैठकलाई नभएकाले जवाफ नदिने बताए । ओलीले विदेशी गुप्तचरसंग बालुवाटारमा भेट गरेपछि एकपछि अर्को राष्ट्रिय हित विपरितको कार्य गर्दै आएको रावलको आरोप छ ।

नेकपा एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।