काठमाडौँ – नेशनल माइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ ।


ADVERTISEMENT


संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गतेदेखि ३० गते सम्ममा आवेदन पेश गर्न संस्थाले अनुरोध गरेको छ ।

त्यसका लागि बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्नुपर्नेछ ।