काठमाडौं – एनसेल आजियाटा लिमिटेडले सरकारलाई हस्तान्तरण गर्ने १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो चरण शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । रगतमा अक्सिजन लेबल कम भएका कोरोनाभाइरस रोगबाट संक्रमित बिरामीहरुका लागि अक्सिजन एक आधारभुत मेडिकल आवश्यकता हो ।


ADVERTISEMENT

# # #


एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् ।

“एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ ।” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पुर्वाधार विकासमा सहयोग पुर्याउने छ ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले देशका जनताहरुलाई सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउँन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्न लागेकोबताए । गत वर्ष कोरोना रोकथाम कोषमा १० करोड रुपैयाँ योगदान गरेको स्मरण गर्दै उनले कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेको जानकारी दिए ।

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ । साथै धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गरिरहेको छ ।

बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरु, डिजिटल प्लाटफर्मबाट सेवाहरु खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु, जस्ता विभिन्न राहत प्याकहरु ग्राहककालागि ल्याएको छ । यसले अत्यावश्यक सञ्चार सेवा माथिको पहँुच अझै सरल तथा सुलभ बनाउन योगदान गर्दछ ।