काठमाडौँ– कोरोना लहरको दोस्रो चरणसंगै देशव्यापी रुपमा अभाव भएको अक्सिजन व्यवस्थापनको विषयलाई लिएर स्वासथ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।


ADVERTISEMENT


विभिन्न अस्पतालले अक्सिजन अभाव भएको कारण देखाउँदै बिरामीका आफन्तलाई नै अक्सिजनको व्यवस्थापनको जिम्मा दिने गरेका सुचनाप्रति मन्त्रालयले आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवत्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयलाई आइएमयुमार्फत प्राप्त तथ्यांकमा आधारित भई स्वीकृत मापदण्डभित्र रहि देशभरका अस्पतालहरुमा आवश्यकता अनुरुप अक्सिजन उपलब्ध गर्ने कार्य भइरहेको भएपनि केहि अस्पतालले अक्सिजनको व्यवस्था बिरामी पक्ष आफैँले गरेको खण्डमा मात्रै उपचार गर्ने भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

अक्सिजनजस्तो औषधिय विषय बिरामी वा आफन्तलाई लिएर आउनु भन्नै नहुने भन्दै मन्त्रालयले यसो नगर्न सम्पुर्ण अस्पताललाई आग्रह समेत गरेको छ । ‘कसैले गरेको पाइएमा निमयमानुसार, कारवाहि समेत हुनसक्ने व्यहोरा सम्बन्धि सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

यसका साथै मन्त्रालयले अक्सिजन सिलिन्डरहरु अस्पतालको अक्सिजन आपुर्ती प्रणालीमा स्वतः जाने र सम्बन्धित व्यक्तिलाई उपलब्ध नगराउने व्यवस्था गर्न समेत सम्पुर्ण अस्पताललाई अनुरोध गरेको छ ।